- संगालोखबर सम्वाददाता

विराटनगर । भोजपुर र तेह्रथुममा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बिहिबार साँझ हावाहुरी, पानीसहित परेको चट्याङ लागेर तेह्रथुमको छथर गाउँपालिका ६ असिनेकी ९ बर्षीया रोहीता मगर र भोजपुरको षडानन्द नगरपालिका ८ निगुरेकी ६० बर्षीया मनमाया राईको मृत्यु भएको हो ।

Advertisement

बेलुका ७ बजे आफ्नै घरमा बसिरहेका बेला बालिका मगरलाई चट्याङले लागेको थियो । चट्याङले लागेर उनको टाउकोदेखि घाँटीसम्मको बाँयापट्टीको भाग जल्यो । उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्र्दा राती करिब सभा ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता, बृद्धा राईलाई पनि आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले लागेको हो । साँझ करिब ६ बजे चट्याङ लाग्दा उनी बेहोस भएकी थिइन् । चट्याङले लाग्दा बेहोस भई लड्दा उनको टाउकोमा चोट लागेको थियो ।

घाइते राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्ला लागिएको भएपनि उपचारकै क्रममा साँझ साढे ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!