- संगालोखबर सम्वाददाता

विराटनगर । सुर्खेतबाट धरान आउँदै गरेको यात्रुबाहक बस शुक्रबार साँझ बाँकेको कोहलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ३७ जना घाइते भएका छन् ।

Advertisement

कोहलपुर नगरपालिका–१२ रोहिणी खोला आर्मि ब्यारेक नजिक साँझ करिब ७ बजे मे १ ख ३३४७ नम्बरको बस र विपरित दिसावाट जाँदै गरेको ना.अ.क–४१ नम्बरको टिपर जुधेका हुन् । दुर्घटनामा परी एक जनाको घटनास्थलमै र चार जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रवीन्द्र खनालले बताए ।

दुर्घटनामा टिपर चालक कोहलपुर–१३ का २५ वर्षिय खगेन्द्र सुनार, टिपरका सह–चालक कोहलपुर नगरपालिका–१२ का २१ वर्षीय उदय बाठा, बसमा सवार सुर्खेतको साटाखानीका ४० बर्षीय जीवन विक र झापाको मेचीनगर नगरपालिका–१० का बस धनी ४५ वर्षिय छत्र कटुवालको मृत्यु भएको छ । त्यस्तै, करिब ३५ वर्षीय मृतक महिलाको ठेगाना खुल्न वाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!