संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १/१ जनामा संक्रमण देखिएको हो । त्यस्तै सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, गौरादह र अर्जुनधारामा १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । यता, इलामको सुर्योदय र प्रदेश १ बाहिरका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६०४ पुगेको छ । संक्रमित मध्ये २९ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या २४५ पुगेको छ ।

प्रदेश १ मा आज २४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६ महिला र २३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार ६९८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!