संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमल गाउँपालिकामा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमित हुँनेको संख्या ३० हजार ५३२ पुगेको छ । जसमध्ये २९ हजार ८७० जना संक्रमणमुक्त भएका छन् । १९५ जना सक्रिय संक्रमित छन् ।

प्रदेश १ मा आज १६७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार १६१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!