मोटरसाइकल चोरेको आरोपमा धनकुटाका दुईसहित पाँच युवा पक्राउ
सुनसरी । मोटरसाइकल चोरीको आरोपमा धरानबाट पाँच युवा पक्राउ परेका छन् । धनकुटाका दुईसहित तेह्रथुम, सुनसरी र सोलुखुम्बुका एक/एक जना युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का १९ बर्षीय रवि राई, धनकुटा नगरपालिकाका २५ बर्षीय विसन श्रेष्ठ, धरान बुद्धमार्गका २२ बर्षीय रोशन मास्के, तेह्रथुमको म्याङ्लुङ्ग नगरपालिका–७ का २० बर्षीय अल्वट लिम्बु र सोलुखुम्वु नेचा सल्यान गाउँ...





























