
विराटनगर । प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी र उदयपुरमा २/२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनृुसार मोरङको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १/१ जना संक्रमित थपिएका हुन् । त्यस्तै झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २/२ र दमकमा १ जनामा संक्रमण देखिएको छ ।
यता, भोजपुरको अरुणमा २ र भोजपुर नगरपालिकामा १, सुनसरीको इटहरी र हरिनगरमा १/१, उदयपुरको उदयपुरगढी र कटारीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ५६५ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ८७८ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित २१५ जना छन् ।
प्रदेश १ मा आज २९४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार ४५५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।












