- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपको विहीवार भएको सेमिफाइनल खेलमा भारतको पंजाव पुलिस क्लव र काठमाडौंको संकटा क्लवका खेलाडीबीच झगडा भएको छ । विराटनगरको सहिद रंगशालामा भएको खेल सकिएलगत्तै दुवै टिमका खेलाडीबीच हात हालाहाल भएको हो ।

रेफ्री श्याम दनुवारले खेल सकिएको घोषणा गरेसँगै संकटा र पंजावका खेलाडीबीच झगडा भएको थियो । रेफ्री र अन्य खेलाडीले झगडा छुट्याएका छन् । झगडाको कारण खुलेको छैन । झगडापछि रेफ्रीले दुवै टिमका एक–एक जना खेलाडीलाई रेड कार्ड दिएका छन् । पंजावका कप्तान जगदीप सिंह र संकटाका सहिद स्माटलाई रेफ्री दनुवारले रेड कार्ड दिएका हुन् ।

रेड कार्ड पाएकाले अब पंजावका कप्तान जगदीप शनिवार हुँने गोल्डकपको फाइलन खेल्नवाट बञ्चित भएका छन् । प्रतियोगिताको अन्तिम सेमिफाइनलमा संकटालाई १–० गोलले पराजित गर्दै पंजाव पुलिस फाइनल पुगेको हो । जितसँगै पंजावले गोल्डकपको उपाधिका लागि शनिबार बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) सँग भिड्नेछ ।

 यो पनि : संकटालाई हराउँदै पंजाव पुलिस विराट गोल्डकपको फाइनलमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!