- संगालोखबर सम्वाददाता


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) को राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गरेर थापाको पद खारेज भएको जनाएको छ ।

राष्ट्रियसभा सदस्य पद गुमेसँगै उनी मन्त्री पदबाट पनि स्वत पदमुक्त बनेका हुन् । पूर्व माओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेर पूर्व एमाले र माओवादी केन्द्र ब्यूँताउने निर्णय गरेपछि थापा माओवादी केन्द्र त्यागेर एमालेमा बसे ।

Advertisement

थापा एमालेमा रहेपछि उनलाई माओवादी केन्द्रले पार्टीबाट निस्काशन गर्यो । थापालाई पार्टीबाट निस्कासन गरेको पत्र गत २७ चैतमा माओवादी केन्द्रले राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । माओवादीमा छदै सांसद पद पाएका थापालाई एमालेमा गएपछि पूर्व पार्टीकोतर्फबाट पाएको पदवाट पदमुक्त गरिएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन् । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!