- संगालोखबर सम्वाददाता

विराटनगर । सुनसरी र मोरङमा भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराती पौने ८ बजे सुनसरीको इटहरी–६ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जादै गरेको ना ५ ख ११११ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको को ३३ प ३२४० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट मोटरसाइकल चालक इटहरी ८ का ४२ बर्षीय बिरेन्द्र चौधरीको मृत्यु भएको हो । ठक्करबाट चौधरी घाइते भएका थिए । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएका उनको उपचारकै क्रममा राती पौने ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनापछि बस र चालक इटहरी १२ खनारका ३८ बर्षीय सन्तोष वि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, आज बिहान ६ बजे मोरङ धनपालथान गाउँपालिका–४ स्थित भलुवा चौकमा पश्चिमतर्फ जादै गरेको को २७ प ६४५९ को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाईकल चालक रंगेली नगरपालिका–२ का २३ बर्षीय भोला शर्माको मृत्यु भएको छ ।

दुर्घटनामा चालक शर्मासहित पछाडी सवार रंगेली–३ का २२ बर्षीय कासमिक मुर्मु गम्भीर घाइते भएका थिए । दुवै जनालाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको भएपनि उपचारकै क्रममा राती ७ बजे चालक शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मुर्मुको कोशी अस्पतालमा उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!