संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बिहान साढे ४ बजे पश्चिमतर्फ जादै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स अनियन्त्रीत भई दुर्घट्ना भएको हो । दुर्घटनामा परी एम्बुलेन्स चालक ललितपुरको गोदावरी नगरपालिका–७ का २० बर्षीय उत्सब घिमिरेको मृत्यु भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक घिमिरे र एम्बुलेन्समा सवार ललितपुरको गोदावरी नगरपालिका–७ का २० बर्षीय सन्तोष तामाङ गम्भीर घाइते भएका थिए । उपचारका लागि दुवै जनालाई विर्तामोडस्थित बीएण्डसी अस्पताल लैजादै गर्दा वाटोमै चालक घिमिरेको मृत्यु भएको हो ।

घाइते तामाङको बीएण्डसी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!