- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश नंं १ का थप ४९ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा २९, झापामा १७ र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १० महिला र १४ पुरुषसहित २४, सुन्दरहरैचामा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको विर्तामोडमा ५, कनकाई र भद्रपुरमा ३–३, दमक र मेचीनगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी, देवानगञ्ज र बराहक्षेत्रमा १–१ जनामा संक्रमण देखिएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७०२ पुगेको छ । सक्रमित मध्ये २९ हजार ९११ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३१९ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!