- गोमा ढुंगाना/संगालोखबर


धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–३ जिमी गाउँका एक व्यक्ति सुतेकै ठाउँमा मृत फेला परेका छन् । छिमेकीको घरमा सुतेका जिमी गाउँका ४८ बर्षीय भुपाल खाती सुतेकै ठाउँमा मृत भेटिएका हुन् । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

प्रहरीका अनुसार सोमबार दिउँसो भुपाल स्थानीय थामडाँडा खेल मैदानमा सञ्चालित हरीराज खेवा स्मृति कप फुटबल तथा भलिवल प्रतियोगितामा गएका थिए । साँझ त्यहाँबाट फर्किएपछि उनी छिमेकी लिलाबहादुर मख्राको घरको सिकुवाको खाटमा ढल्किए । सो घरमा लिलाबहादुर एक्लै बस्दै आएका छन् । लिलाबहादुर घरमै भएका बेला सिकुवामा आएर सुतेका उनी लिलाबहादुर गाउँ पुगेर राती करिब १० बजे घर फर्किदा भुपाल खाटबाट भुइमा लडेको अवस्थामा मृत भेटिएका हुन् ।

भुपाल टाउको दुख्यो भन्दै सिकुवामा झोक्रिएर सुतेको र आफु गाउँ पुगेर राती आउँदा खाटबाट भुइमा झरेको अवस्थामा मृत भेटिएको लिलाबहादुर बताउँछन् । घटनाको जानकारी पाएपछि चानुवा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि मंगलबार दिउँसो धनकुटा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!