
मोरङ । मोरङको कानेपोखरीमा चट्याङ लागेर आज एक महिलाको मृत्यु भएको छ । चट्याङ लाग्दा कानेपोखरी–२ दलेलीकी ४३ बर्षीया सुकवती राजवंशीको मृत्यु भएको हो ।
बिहान साढे ८ बजे पानी परेका बेला घर नजिकै रहेका गाई, गोरू सार्न जाने क्रममा चट्याङले लाग्दा उनी गंभीर घाइते भएकी थिईन । उनलाई उपचारका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेको हो । अस्पताल पुर्याउने केही समय पछि नै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।












