- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज एकैदिन ९२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा १२ र खोटाङमा १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङको विराटनगरमा १६ महिला र ३१ पुरुषसहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२ र कानेपोखरीमा १ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा ११, धरानमा ७, इनरुवा र बर्जुमा २–२, गढी र बराहक्षेत्रमा १–१ जना संक्रमित भेटिएका छन् । यता, झापाको विर्तामोडमा ३, अर्जुनधारा र झापा गाउँपालिकामा २–२, भद्रपुर, कचनकवल, दमक, कनकाई र कमल गाउँपालिकामा १–१ र खोटाङको खोटेहाङमा १ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ५२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । रिपोर्ट पोजिटिभ आउँने मध्ये ५ जना प्रदेश १ बाहिरका पनि छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७९९ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९२३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४०४ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!