- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत विद्यार्थीहरु विरामी पर्न थालेपछि कलेज बन्द गरेर कोरोना परीक्षण गराउँने तयारी गरिएको छ । विद्यार्थी विरामी पर्न थालेपछि कलेज प्रशासनले आज विहान सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्मका लागि कलेज बन्द गरिएको जनाएको छ ।

‘इन्स्टिच्यूटमा एचए तेस्रो बर्षमा अध्ययनरत केही विद्यार्थीहरु ज्वरो, रुघाखोकी लगायतका लक्षणसहितको विरामी परेको हुँनाले सम्पूर्ण विद्यार्थीहरु आवश्यक सुरक्षा सतर्कता अपनाउँदै अस्पतालसँग सम्पर्क गर्न सूचित गरिन्छ,’ कलेजका प्रशासन प्रमुख खगेन्द्रप्रसाद घिमिरेद्वारा जारी सूचनामा भनिएको छ, ‘अर्को सूचना जारी नभएसम्मका लागि शैक्षिक, प्रशासनिक, लगायत सम्पूर्ण कार्यक्रम बन्द गरिएको छ ।’

कलेजमा अध्ययनरत विद्यार्थीहरु तीन दिन अघिदेखि विरामी पर्न थालेका हुन् । आजसम्म करिब एक दर्जन विद्यार्थीमा ज्वरो, रुघाखोकी जस्ता लक्ष्यण देखिएको कलेजका प्रशासन प्रमुख घिमिरेले जानकारी दिए । विद्यार्थीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्ष्यण देखिएकाले उनीहरुलाई जिल्ला अस्पतालमा पीसीआर परीक्षण गराउँन भनेका छौ,’ घिमिरेले भने ।

यसैबीच, धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत २० बर्षीय छात्रमा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनअघिदेखि ज्वरोले सताएपछि जिल्ला अस्पताल भर्ना भएका उनको आज पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । उनमा निमोनियाको समस्यासमेत देखिएको छ । लक्षणसहितको संक्रमण देखिएकाले संक्रमित विद्यार्थीलाई विराटनगरस्थित कोशी अस्पताल पठाउँने तयारी गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!