- संगालोखबर सम्वाददाता


मोरङ । मोरङको बेलबारी बहुमुखी क्याम्पसमा चालु आर्थिक बर्ष २०७७/०७८ मा प्रथम बर्षमा भर्ना हुने सबै सकायका बिद्यार्थीहरुको भर्ना शुल्क नलाग्ने भएको छ ।

बिद्यार्थीको भर्ना शुल्क बेलबारी नगरपालिकाले तिरिदिने भएको छ । बीएड, बीबीएस तथा बीए संकायमा भर्ना हुने बिद्यार्थीको खर्च नगरपालिकाले तिर्ने भएको हो ।

आर्थिक अभावका कारण उच्च शिक्षाबाट कोही पनि बञ्चित नहुन भन्ने उद्धेश्यले बिद्यार्थीहरुलाई सहयोग गर्ने निर्णय गरिएको नगर प्रमुख सुवेदीले बताए ।

नगर प्रमुख सुवेदी बेलबारी बहुमुखी क्यामपसका अध्यक्षसमेत हुन । उनकै कार्यकालमा जग्गाको ब्यवस्थापन गरेर क्याम्पसको भवन पनि निर्माण गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!