
सुनसरी । सुनसरीको बराहक्षेत्रमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बरहक्षेत्र–९ का १७ बर्षीय उमेश पौडेल छन् ।
घरायसी बिवादका क्रममा मंगलबार उमेशले बुबा ३८ बर्षीय उपेन्द्र पौडेललाई तपेश भाडाले कोखामा हानेका थिए । भाडाले लागेर गंभीर घाइते भएका उपेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनको मृत्युपश्चात उमेशलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।












