
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै गरेको को १ ख ७७७९ नम्बरको बस दिउँसो करिब १२ः३० बजे सडकमा पल्टिएको हो ।
दुर्घटनामा परी महालक्ष्मी नगरपालिका–७ का ४५ बर्षीया शान्तिदेवि भट्टराई, ४५ बर्षीय गोविन्द भट्टराई, ६९ बर्षीय बीरबहादुर श्रेठ, ४५ बर्षीया रुद्रकुमारी श्रेष्ठ, मोरङको विरानगर–२ की २५ बर्षीया स्वरसती श्रेष्ठ र सुनसरीको रामधुनी नगरपालिका–३ का २८ बर्षीय गोविन चौधरी घाइते भएका छन् ।

घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए ।
बसमा ३५ जना यात्रु सवार थिए । ओरालो सडकमा ब्रेक फेल भएर बस दुर्घटना भएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले बताए । ब्रेक फेल भएको बस घुम्ति मोड्ने क्रममा सडक डिलको वालमा ठोक्किएर पल्टिएको छ । घटनापछि बस चालक छथर जोरपाटी गाउँपालिका–५ का ३३ बर्षीय पूर्णबहादुर लिम्बुलाई भेडेटार प्रहरीले नियन्त्रणमा लिएको छ ।





तस्वीर: सन्तोष काफ्ले र समिर अधिकारी












