संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको इनरुवामा बिजुलीको पोलले लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा इनरुवा नगरपालिका–९ बबियाकी ४२ बर्षीया सुनिता खत्वे छिन् ।

बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को १क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर दिँदा पोल ढलेको हो । घरमा बसिरहेकी खत्वेलाई पोल ढलेर लाग्दा उनी गंभीर घाइते भएकी थिइन् । जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा बेलुका करिव सवा ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्काभेटर नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!