- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

काठमाडौं । कोरोना भाइरस प्रभावित सहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गरिने भएको छ । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यालय बन्द गरेर अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ ।

Advertisement

मन्त्रालयले सूचना जारी गरेर ती जिल्लामा भीडभाड जन्य गतिविधिमा सहभागि नहुँन सर्वसाधरणलाई अपिल गरेको छ । सोही सूचनामा विद्यालय नजानसमेत विद्यार्थीहरुलाई आग्रह गरिएको थियो ।

बैठकले रात्रिकालीन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लव, दोहोरी साँझ पनि बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सभा जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न नसकिने स्थान पनि बन्द हुने भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!