देशभर तीन साता लकडाउन गर्न सिफारिस

देशभर तीन साता लकडाउन गर्न सिफारिस

काठमाडौँ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सीसीएमसीले कम्तीमा वैशाख मसान्तसम्म लकडाउनको सिफारिस गरेको हो । लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार सीसीएमसी...
२०७८ बैशाख १३ गते सोमवारको राशिफल

२०७८ बैशाख १३ गते सोमवारको राशिफल

बि.सं.२०७८ साल बैशाख १३ गते सोमवार ई. सं. २०२१ अप्रील २६ नेपाल सम्बत ११४१ पोहेलागा चतुर्दशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल चतुर्दशी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र वज्र योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः२८ बजे, सूर्यास्त साँझ ६ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेर...
धनकुटामा खसी चोरेको आरोपमा दुई जना पक्राउ

धनकुटामा खसी चोरेको आरोपमा दुई जना पक्राउ

धनकुटा । खसी चोरेर बेच्न लैजादै गरेको अवस्थामा धनकुटाको भेडेटारबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रीवास नगरपालिका–२ सान्नेका २३ बर्षीय संजिव तामाङ र १९ बर्षीय सुमन तामाङ छन् । सान्नेका मानबहादुर पौडेलका चार वटा खसी चेरेर बिक्रि गर्न तराईतर्फ लैजादै गरेको अवस्थामा शनिवार बिहान भेडेटारबाट उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । ‘खसी च...
धनकुटामा भाईले चलाएको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएकी दिदीको मृत्यु

धनकुटामा भाईले चलाएको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएकी दिदीको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिमसुवामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी धनकुटा नगरपालिका–३ कागतेकी जानुका कार्कीको आइतवार राती मृत्यु भएको छ । अस्पतालले उपचार सम्भव नहुँने भनेर घर पठाएकी ३० बर्षीया कार्कीको राती करिब ८ः३० बजे घरमै मृत्यु भएको हो । ‘अस्पतालले उपचार सम्भव छैन भनेर फर्काइदिएपछि राती करिब ८ बजे घर ल्याइएको रहेछ ।’ धनकुटा–३ का वडाध्यक्ष विकास घिमिरेले संगालोखबरस...
विराटनगरमा परीक्षाको प्रश्नपत्र ‘आउट’ गर्ने १० जना पक्राउ

विराटनगरमा परीक्षाको प्रश्नपत्र ‘आउट’ गर्ने १० जना पक्राउ

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकाय अन्तर्गत स्नातक दोस्रो सेमिस्टरको भौतिकशास्त्र परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा १० जना पक्राउ परेका छन् । प्रश्नपत्र आउट गरेको आरोपमा परीक्षा नियन्त्रण कार्यालयका विज्ञान तथा प्रविधि शाखाका कर्मचारी र विद्यार्थीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पुर्वाञ्चल विश्वविद्यालयका कर्मचारी विराटनगर–८ का ४४ बर्षीय कोमल प्र...
प्रदेश १ मा थपिए १२२ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १२२ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ महिला र ५१ पुरुषसहित ७५, बुढीगंगामा ४, कटहरी र उर्लाबारीमा २–२ र धनपालथान र लेटाङमा १–१ जनामा संक्रमण देखिएको छ । सुनसरीको इनरुवामा ६, इटह...
धनकुटामा बोलेरो दुर्घटना

धनकुटामा बोलेरो दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–३ कागतेमा आइतवार दिउँसो बोलेरो जीप दुर्घटना भएको छ । संखुवासभाबाट इटहरी जाँदै गरेको को १ ज ३२७३ नम्बरको जीप दिउँसो करिब १ बजे सडकबाट पल्टिएको हो । दुर्घटनामा मानवीय क्षती भने भएको छैन । जीपमा ६ जना यात्रु सवार थिए । उनीहरु सबै सकुसल छन् । ब्रेक फेल भएर जीप पल्टिएको प्रहरीले जनाएको छ । धनकुटामा केही दिनयता दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् ।
शिकार खेल्ने क्रममा साथीले हानेको गोलीले लागेर मृत्यु

शिकार खेल्ने क्रममा साथीले हानेको गोलीले लागेर मृत्यु

मोरङ । मोरङको केराबारी गाउँपालिकामा शिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा केरावारी–३ का ३२ बर्षीय हस्तवहादुर राई छन् । बाँसघारी खोप सरकारी राष्ट्रिय बन जंगलमा घटना भएको हो । स्थानीय ३७ बर्षीय गजेन्द्र राई र २६ बर्षीय रुबिन लिम्बुसँग हस्तबहादुर सिकार खेल्न जंगल गएका थिए । सोही क्रममा गजेन्द्र राईले प्रहार गरेको गोलीले लागेर हस्...
गोर्खा ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

गोर्खा ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर । गोर्खा ब्वाइज स्पोर्टस् क्लब रुपन्देहीले चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण भोजपुर गोल्डकपको उपाधि जितेको छ । स्थानीय टुँडिखेलमा शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एशोसियसन क्यामरुनलाई १–० गोलले पराजित गर्दै गोर्खा ब्वाईजले उपाधिमाथि कब्जा जमाएको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि थपिएको अतिरिक्त समयमा गोर्खा ब्वाईजले गोल गर्दै उपाधि चुमेको हो । अतिरिक्त समयको छैठाँै मिन...
झापामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा । झापाका दुई छुट्टा–छुट्टै स्थानमा शनिवार भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बेलुका साँढे ४ बजे कमल गाउँपालिका–४ सितापुरी चौकमा प्रदेश १–०१–०१२ प १६०२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६ बर्षीय बालक निश्चल खड्काको मृत्यु भएको छ । दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा बेलुका ५ बजे बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै झापाको बिर्तामोड...
काेराेना ग्राफ : एक मिनेटमा एक संक्रमित

काेराेना ग्राफ : एक मिनेटमा एक संक्रमित

काठमाडौं । प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका छन् । पछिल्लो ११ दिनमै ८० हजार ९ सय ७ जनामा परीक्षणक्रममा १६ हजार ९ सय ४९ मा संक्रमण देखिएको छ । यो अवधिमा मात्रै कोरोनाबाट ७८ जन...
२०७८ बैशाख १२ गते आइतवारको राशिफल

२०७८ बैशाख १२ गते आइतवारको राशिफल

बि.सं.२०७८ साल बैशाख १२ गते आइतवार ई. सं. २०२१ अप्रील २५ नेपाल सम्बत ११४१ पोहेलागा त्रयोदशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल त्रयोदशी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र व्याघात योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः२९ बजे, सूर्यास्त साँझ ६ः३४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको ...
धनकुटामा खेल्ने क्रममा झुण्डिदा नौ बर्षीया बालिकाको मृत्यु

धनकुटामा खेल्ने क्रममा झुण्डिदा नौ बर्षीया बालिकाको मृत्यु

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–७ मौनावुधुकमा शनिवार खेल्ने क्रममा डोरीमा झुण्डिएर घँटेसी लाग्दा एक बालिकाको मृत्यु भएको छ । अपरान्ह करिब ४ बजे डोरीमा झुण्डिएर खेल्ने क्रममा घाँटीमा पासो लाग्दा मौनावुधुकका भीखराज लिम्वूकी नौं बर्षीया छोरी कुनसाङको मृत्यु भएको हो । घाँस झुण्डियाएर बाख्रालाई खुवाउँनका लागि राखिएको डोरीमा झुण्डिने क्रममा पासो लाग्दा बालिकाको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख ...
धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा दिदी–भाई घाइते

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा दिदी–भाई घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिमसुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । धरानबाट धनकुटा आउँदै गरेको प्रदेश १–०६–००१ प ००५८ नम्बरको मोटरसाइकल शुक्रबार राती करिब १० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी धनकुटा नगरपालिका–३ कागतेका ३० बर्षीया जानुका कार्की र २५ बर्षीय गजेन्द्र कार्की घाइते भएको प्रहरीले जनाएको छ । जानुका र गजेन्द्र दिदी–भाई हुन् । जानुका इटहरी बस्दै आएक...
प्रदेश १ मा थपिए १३६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए १३६ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३/३, तेह्रथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १/१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५९, रंगेलीमा २, ग्रामथान, जहदा, पथरीशनिश्चरे, रतुवामाई, कटहरी, धनपालथान र उर्लाबारीमा १/१ जनामा संक्रमण देखि...
खोटाङमा तीर्थयात्री बोकेको बस दुर्घटना: एक जनाको मृत्यु, ३८ घाइते

खोटाङमा तीर्थयात्री बोकेको बस दुर्घटना: एक जनाको मृत्यु, ३८ घाइते

खोटाङ । खोटाङको हलेशी तुवाचुङ नगरपालिका–१ स्थित कदुवामा शनिवार तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३८ जना घाइते भएका छन् । हलेसी महादेवको दर्शन गरेर फर्किदै गरेका तीर्थयात्री वोकेको बा ३ ख ९२८५ नम्बरको बस बिहान करिब ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी बसका सह–चालक सिन्धुली घ्याङलेक गाउँपालिका–१ का २५ बर्षीय अनिल तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख ...
धनकुटाका थप छ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटाका थप छ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटामा आज थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल धनकुटाको ल्यावमा २७ जनाको परीक्षण गर्दा ३ महिला र ३ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले जानकारी दिए । संक्रमण पुष्टि हुँनेमा धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सका १९ बर्षका दुई र २० बर्षका एक छात्र छन् । त्यस्तै धनकुटा ६ का १९ र ३३ बर्षीया महिला तथा धनकुटा ५ का १८ बर्षीया य...
भूकम्पले ढालेको धरहरा ठडियो, प्रधानमन्त्रीले गरे उद्घाटन

भूकम्पले ढालेको धरहरा ठडियो, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । २०७२ सालको विनासकारी भूकम्पले भत्काएको काठमाडौंको सुन्धारास्थित धरहरा पुननिर्माणपछि शनिवार उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा परिषरमा आयोजित एक कार्यक्रमकाबीच २२ तले धरहरा उद्घाटन गरेका हुन् । ०७२ वैशाख १२ गतेको भूकम्पले ९ तले धरहरा भत्किएको थियो । सोही धरहराको स्वरुपमा अहिले तीन अर्ब ४८ करोड खर्चिएर २२ तले धरहरा बनाइएको हो । धरहरामा चढ्नका लागि दुई वटा लिफ्ट पनि...
इलाममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

इलाममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

इलाम । इलामको सुर्योदय नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ५ बजे भन्ज्याङबाट गोरखतर्फ जादै गरेको मे ३ प ९६२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गोरखमा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक स्थानीय २२ बर्षीय मुस्कान प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका प्रधानलाई उपचारका लागि फिक्कल अस्पताल पुर्याइएको थियो । तर, त्यह...
२०७८ बैशाख ११ गते शनिवारको राशिफल

२०७८ बैशाख ११ गते शनिवारको राशिफल

बि.सं.२०७८ साल बैशाख ११ गते शनिवार ई. सं. २०२१ अप्रील २४ नेपाल सम्बत ११४१ पोहेलागा द्धादशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल द्धादशी, चन्द्रमा मिथुन राशिमा, पूर्व फाल्गुणी नक्षत्र ध्रुव योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः३० बजे, सूर्यास्त साँझ ६ः३३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसक...
नोबेलले मोरङको क्षेत्र नं.३ र ६ का सर्वसाधरणलाई ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने

नोबेलले मोरङको क्षेत्र नं.३ र ६ का सर्वसाधरणलाई ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने

विराटनगर । नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ का सर्वसाधरणलाई ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नोबेलले शुक्रबार सूचना जारी गरेर दुवै निर्वाचन क्षेत्रका सर्वसाधरणलाई बैशाख मसान्तसम्म सहुलियत दरमा पीसीआर परीक्षण गर्ने जनाएको छ । दुवै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पथरीशनिशचरे, कानेपोखरी, बेलवारी, सुन्दरहरैंचा, बुढिगंगा र विराटनगरका ४५ वटा वडाका बासिन्दालाई ७५० र...
मोरङको केरावारी र सुन्दरहरैंचामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङको केरावारी र सुन्दरहरैंचामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । मोरङका छुट्टा–छुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विहान ११ बजे केराबारी–८ स्थित जंगलमा को १ त ५८४९ नम्बरको ट्याक्टरले को ३४ प ९०६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक सोही स्थानका ५० बर्षीय नरेशकुमार सोडारी गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा दिउँसो करिब १२ बजे मृत्यु भ...
विराटनगर रानी–जोगवनी सीमा नाका व्यवस्थित गर्न मन्त्री राईको निर्देशन

विराटनगर रानी–जोगवनी सीमा नाका व्यवस्थित गर्न मन्त्री राईको निर्देशन

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विराटनगरको रानी–जोगवनी सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन् । भारतमा कोरोना संक्रमण तीब्र बनेपछि सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवत–जावत बढेकाले मन्त्री राईले आज स्थलगत अनुगमन गर्दै सीमामा खटिएका सुरक्षाकर्मीलाई यस्तो निर्देशन दिएकी हुन् । भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रव...
प्रदेश १ मा थपिए ११६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ११६ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा आज १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३/३, संखुवासभामा २, तेह्रथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १/१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ५४, बुढीगंगामा ८, रंगेलीमा ३, कटहरीमा २, कानेपोखरी, सुन्दरहरैंचामा, धनपालथान, उर्लाबा...
छथर जोरपाटीले दियो विज्ञान पढ्ने विद्यार्थीलाई ५० हजार छात्रवृत्ति

छथर जोरपाटीले दियो विज्ञान पढ्ने विद्यार्थीलाई ५० हजार छात्रवृत्ति

धनकुटा । छथर जोरपाटी गाउँपालिकाले बिज्ञान बिषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । छथर जोरपाटी गाउँपालिका–५ का सुदिप लिम्बूलाई पालिकाले बिहिबार छात्रवृत्ति बापत ५० हजारको चेक हस्तान्तरण गरेको हो । पालिका अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्ष भीमकला श्रेष्ठले सुदिपलाई चेक हस्तान्तरण गरेका हुन् । छथर जोरपाटी–५ ताम्लिङ्गस्थित महाकाली मा.बि. बाट ०७६ मा एसईई पास गरेका सुदिप अहिले ...
भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना

भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–५ चिउरीवोटेमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी जन्ती हिडेका ४ जना घाइते भएका छन् । साल्पासिलिछों–२ कुलुंगवाट जन्ती लिएर ट्याम्केमैयुङको दिल्पा जाँदै गरेको ग ३ च. ३६३२ नम्बरको फोर्स गाडी विहान ५ः३० बजे चिउरीवोटेमा पल्टिएको भोजपुरका प्रहरी प्रवक्ता प्रदिप लामाले संगालोखबरलाई बताए । दुर्घटनामा परी साल्पासिलिछों २ का ४७ बर्षीय घनश्याम ...
भोजपुरमा चट्याङ लागेर वालकको मृत्यु

भोजपुरमा चट्याङ लागेर वालकको मृत्यु

भोजपुर । चट्याङले लागेर भोजपुरका एक बालकको मृत्यु भएको छ । हावाहुरीसँगै परेको चट्याङले लाग्दा आमचोक गाउँपालिका–९ दुम्मानाका १२ वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको हो । विहिबार विहान आगनमा खेलिरहेका बेला उनलाई चट्याङ लागेको थियो । गंभीर घाइते भएका वालक श्रेष्ठलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । तर, उपचारकै क्रममा दिउँसो करिब २ बजे उनको मृत्यु भएको...
केएमसीले १५ सयमै पीसीआर परीक्षण गर्ने

केएमसीले १५ सयमै पीसीआर परीक्षण गर्ने

काठमाडौं। काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेका बेला केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो । सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्न थालेको हो । यसअघि केएमसीले १ हजार ९ सय ९९ मा पी...
ताप्लेजुङमा छिमेकीले चलाएको गोली लागेर मृत्यु

ताप्लेजुङमा छिमेकीले चलाएको गोली लागेर मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको हो। स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत ५० वर्षीय लिम्बूलाई घरको आँगनमा निस्किएको समयमा आकाशले लुकीछिपी गोली प्रहार गरेको जिल्ला प्रहरी का...
धनकुटाका थप आठ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटाका थप आठ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटाका थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल धनकुटाको ल्यावमा २० जनाको परीक्षण गर्दा गएराती पाँच पुरुष र तीन महिलाको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमित सात जना विद्यार्थी हुन् भने एक जना विरामी हुन् । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत पाँच छात्र, दुई छात्रा र जिल्ला अस्पतालमा आएकी एक विरामी बृद्धाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पतालका सूचना अ...
२०७८ बैशाख १० गते शुक्रवारको राशिफल

२०७८ बैशाख १० गते शुक्रवारको राशिफल

बि.सं.२०७८ साल बैशाख १० गते शुक्रवार ई. सं. २०२१ अप्रील २३ नेपाल सम्बत ११४१ पोहेलागा एकादशी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, चैत शुक्ल एकादशी, चन्द्रमा मिथुन राशिमा, मघा नक्षत्र वृद्धि योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः३१ बजे, सूर्यास्त साँझ ६ः३२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाक...
error: Content is protected !!