संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आज १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, तेह्रथुम र उदयपुरमा १/१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ९७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४६ जना महिला र ५१ जनापुरुष छन् । त्यस्तै मोरङको बुढीगंगा, उर्लाबारी, कटहरीमा २/२, सुन्दरहरैंचा, पथरीशनिश्चरे र रंगेलीमा १/१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

त्यस्तैगरी सुनसरीको धरानमा १६, इटहरीमा ७, बराहक्षेत्र, दुहवी, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १/१ जना संक्रमित थपिएका हुन् । झापाको भद्रपुर र विर्तामोडमा ४/४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १/१ जनाको पनि पीसीआर रिपोर्ट पोजिटि आएको छ ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा २, तेह्रथुमको लालीगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ७० पुगेको छ । संक्रमित मध्ये २९ हजार ९३२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६६६ रहेको छ ।

प्रदेश १ मा आज ६ सय २ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये ७२ महिला र ९६ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!