संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ कोल्डस्टोरमा आज साँझ मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । इटहरीबाट तेह्रथुम जाँदै गरेको प्रदेश १–०२–००१ ख ८७३४ नम्बरको मिनिट्रकले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४१ प ४६२५ नम्बरको मोटरसाइकललाई साँझ ५ः४५ बजे ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाइकलमा सवार संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३८ बर्षीय होमबहादुर थापा घाइते भएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले बताए । धनकुटा जिल्ला अस्पतालमा घाइते थापाको उपचार भइरहेको छ ।

तस्वीर : भुवन राई

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!