प्रदेश १ मा ३०५ कोरोना संक्रमित थपिए, ३८३ संक्रमणमुक्त
विराटनगर । प्रदेश १ मा आज ३०५ जना कोरोना संक्रमित थपिएका छन् । ८६५ जनाको पीसीआर परीक्षण गर्दा १२५ महिला र १८० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको १५६, मोरङमा ५९, झापामा ४४, उदयपुरमा १५, पाँचथरमा १४, धनकुटामा ९, इलाममा ४, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो । सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा ५१, इटहरीमा २८, दुहवीमा २, इनरुवा, ब...

























