सहिदभूमिमा थपियो एम्बुलेन्स
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाबासीका लागि एम्बुलेन्स खरिद गरिएको छ । विदेशमा रहेका नेपालीले जुटाएको रकम र गाउँपालिकाको सहयोगबाट सहिदभूमि–२ स्थित भक्त बोलाना स्मृति युवा क्लवको नाममा एम्बुलेन्स खरिद गरिएको हो ।
गाउँमा एम्बुलेन्स आइपुगेपछि सहिदभूमि निवासी प्रदेश सभा सदस्य निरन राई र सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले एक कार्यक्रमकाबीच एम्बुलेन्स सेवा उद्घाटन गरेका छन् । अध्ययनको सिलसिल...























