निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई ‘अन द स्पोट’ कारबाही गरिने
विराटनगर । आसन्न स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले ‘अन द स्पोट’ कारबाही गर्ने भएको छ । निर्वाचन आचारसंहिता उल्लंघनका घटना न्यूनीकरणका लागि आयोगले यो पटक कडा कदम चाल्ने तयारी गरेको हो । आचारसंहितालाई कागजी दस्तावेजको रुपमा मात्र नभई निर्वाचन निष्पक्ष र धादलीरहित बनाउँने दह्रो हतियारका रुपमा प्रयोग गरिने आयोगका पदाधिकारीहरु बताउँछन् । आचारसंहितालाई कडाईका साथ लागू ग...




























