उदयपुरमा आगलागी हुँदा ७ घर जलेर नष्ट, एक जनाको मृत्यु
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–१ शिखरपुरमा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ६८ वर्षीया शिवमाया मगर छन् ।
आइतवार दिउँसो भएको आगलागीबाट घटनास्थलमै मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट अचानक आगलागी हुँदा उनकी आमा शिवमायाको मृत्यु भएको हो । आगलागीबाट पदमबहादुर ग्राङ्जा मगर, भैरबबहादुर ग्राङ्जा मगर, दिपबहाद...



























