संगालोखबर सम्बाददाता

काठमाडौं । नेकपा एमाले निकट प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मञ्चको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । मञ्चको पाँचौ अधिवेशनले भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा क्रमशः डिकबहादुर खत्री (कुमार), दलबीर भण्डारी, रामकुमार राई, सरिता घले र सन्जु गुरुङ निर्वाचित भएका छन् । महासचिवमा जनक रावल तथा उप–महासचिवमा मिलन कट्टेल र डण्डपाणी भट्टराई दिलीप निर्वाचित भएका छन् ।

सचिवमा मदन पौडेल, सुशील केसी, हरिबहादुर ठाडामगर, अमृत विश्वकर्मा, बेनीबहादुर कार्की, धनमाया सिंजाली र राजेन्द्र अधिकारी निर्वाचित भए । कोषाध्यक्षमा शिवहरी मैनाली शितल निर्वाचित भएका छन् ।

त्यस्तैगरी, सदस्यहरुमा बिनोद बिष्ट, जनक पौडेल, हरी डाँगी, आङछिरी शेर्पा, भीष्मप्रसाद शिवाकोटी, खेमनाथ गौतम, माधवप्रसाद भूर्तेल, दीपक आचार्य, उमेश महतो, सूर्यबहादुर डाँगी, मोहनप्रसाद आचार्य, श्यामचन्द्र खतिवडा, रेशम लामिछाने र लोकबहादुर सुवेदी निर्वाचित भएको मञ्चले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!