ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)

आजको राशिफल बि.सं. २०७८ साल चैत्र ९ गते बुधवार ई.सं.२०२२ मार्च २३ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण षष्ठि राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, शिशिर ऋतु, चैत्र कृष्ण पञ्चमी तिथी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वज्र योग, गर करण । नेपालमा सूर्योदय बिहान ६ः४ बजे, सूर्यास्त साँझ ६ः१६ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ४ मिनेट देखि ७ बजेर ३६ मिनेट सम्म छ । आज चैत कृष्ण पञ्चमी तिथी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । पारिवारिक सौहाद्र्रतामा कमी आउने छैन । किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । काममा जाँगर लाग्दैन । सिनियर र ठूलाबडाले असन्तुष्टि जनाउने छन्, नियम नमिच्नुहोला, नत्र दण्ड वा जरिबानामा समेत पर्न सकिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफ्नो काममा मात्र एकोहोरिएर लागिपर्नु भन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो । पार्टनरको इच्छानुसार चल्नुपर्दा कार्यक्षेत्रमा समस्या आउने भएकाले महत्त्वपूर्ण काम बेलैमा गरिहाल्नु ठीक हुनेछ । सानातिना झंझट वा विवादबाट जोगिनुपर्ने समय हो, ससाना कुरामा दिक्क लाग्ने समय छ । घरमा सम्पर्क गरी जीवनसाथीका भावना बुझ्नु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मानसिक अशान्ति, छटपटी र उदासीनताका कारण बन्दव्यापार प्रभावित बन्ने दिन हो । मनलाई स्थिर र सन्तुलनमा राख्ने कोसिस गर्नुहोस्, नत्र आर्थिक पाटोसमेत कमजोर बन्नसक्छ । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने मुखमा लगाम लगाउनु राम्रो हुन्छ । नत्र कलह र झैझगडामा संलग्न हुनुपर्ने परिस्थिति देखिन्छ । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो । मिहिनेत गर्नु त ठीकै हुन्छ, तर स्वास्थ्यस्थितिको ख्याल राख्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सम्झौता वा करार गर्न अनुकूल समय छ, दैनिक कामबाट समेत फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर पाउन सकिने छ । आपसी सम्बन्धमा विश्वास र भरोसाको वातावरण बन्नेछ, एकान्तमा रमाउँदै भावना आदानप्रदान हुने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुने समय छ । स्वास्थ्यस्थितिमा पनि सामान्य असर पर्नसक्ने दिन हो, आहारविहारमा ध्यान पुर्याएको जाति हुन्छ । लामो समयदेखि आफ्नो व्यवसाय वा कारोबारलाई नयाँ गति दिने मनसाय बनेको छ । आशाका पछि लाग्ने समय हो, तथापि कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन, नत्र फन्दामा पर्न सकिन्छ । कुरा काट्नेहरूको सक्रियता बढ्नसक्छ, सामान्य तनाव भए पनि मूलतस् आज बुढाबुढी वा परपाहुनाको सेवा र हेरचाह गर्नुपर्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नोकरचाकर र कामदारसँग उचित समन्वय गरी काममा आफैं खटेको जाति हुन्छ । समस्या र झञ्झटबाट टाढा जान सक्नुहुन्न, तर सानातिना समस्याले व्यापारिक कारोबारमा खासै प्रभाव पर्दैन । घरपरिवारबाट अपेक्षित स्नेह, सहयोग र सद्भाव मिल्ने राम्रो दिन छ । माइतीपक्षसित भेटघाट हुने वा सम्बन्धरसम्पर्क बढ्ने तथा सरसहयोग लिनरदिन सकिने समय हो । गरेको मिहिनेतको राम्रो नतिजा प्राप्त हुनेछ । साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहने छ । बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउन सकिन्छ र विशेष अवसर प्राप्त हुनसक्छ । पार्टनरबाट कुनै नौलो कुरा सुन्न पाउँदा हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय छ । नयाँ र नौलो विषयमा चासो नदेखाउनु होला, कतै धन लगानी गर्न पनि ठीक समय छैन, कतिपय अवस्थामा दैनिकी सञ्चालनका क्रममा समेत चुनौती र बाधा झेल्ने दिन हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रूचि र इच्छा अनुसार समय बिते पनि कुनै व्यवहारिक कारणले पतिपत्नीमा विचार नमिल्न सक्छ, तथापि एकअर्काप्रतिको समर्पण भाव र मायाप्रीति कायम नै रहने दिन हो । आफ्नो रूचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्न सक्छन्, आफ्नो खूबी र क्षमताको पहिचान हुने समय छ । भौतिक सुख र प्रतिष्ठाबृद्धिको चिन्ताले सताउने दिन हो । चाहेको उपलब्धि प्राप्त हुनेछ, तर पनि महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । धन वा प्रतिष्ठा प्राप्तिका लागि भरपर्दो समय त देखिंदैन, यद्यपि नयाँ कामको प्रस्ताव आउनसक्छ, तर आज हरेक क्रियाकलापमा खर्चबर्चमा नियन्त्रण गर्ने दिन हो । रामरमाइलो गर्न खोज्दा तोकिएको जिम्मेबारीप्रति ध्यानकेन्द्रित हुन सक्दैन । त्यस्तै कुनै पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ । नयाँ ठाउँको यात्रा वा नयाँ मित्रको सङ्गतबाट आनन्द लिने समय हो । प्रतिष्ठित व्यक्तिलाई मित्र बनाउन पाउँदा दङ्ग पर्न सक्नुहुन्छ । अनुभवीको सहायता लिएमा कारोबारमा देखिएका समस्या समाधान हुने दिन हो, तर नयाँ लगानीका लागि समय अनुकूल देखिंदैन, साथै कामदारहरूको गतिविधिमा पनि ध्यान दिनु ठीक हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो, तर पार्टनरका तर्फबाट कुनै खुसी हुने कुरा सुन्न पाइनेछ, जसले गर्दा मनमा भएको बोझ हटी प्रसन्नता बढ्नेछ । जुनसुकै काममा ढिलो हुने दिन हो, धैर्य र संयम भएर काम गर्नुपर्छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अर्काको जिम्मामा काम छाडेर अन्त नजानु होला । लेखनरप्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, ब्याज र बट्टाको काम, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सक्नुहुन्छ । सिनियर कर्मचारी वा कुनै विशिष्ट मान्छेलाई खुसी तुल्याउने अवसर मिल्नेछ, सानो प्रयासले उद्देश्यको परिपूर्ति हुनेछ । लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने सहयोगी र जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!