पत्रपत्रिका खबर

काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेको छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव २०७८/७९ को फागुन मसान्तसम्म (आठ महिनामा) मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ। यसरी हेर्दा मासिक १ खर्ब ४५ अर्ब रूपैयाँको व्यापार घाटा देखिन्छ। पोहोरको तुलनामा यो वर्ष व्यापार घाटा ३४.५ प्रतिशतले बढी हो। पोहोर सोही अवधिमा व्यापार घाटा ८ खर्ब ६३ अर्ब रूपैयाँ थियो। गत वर्ष १२ महिनाको अवधिमा व्यापार घाटा १३ खर्ब ९८ अर्ब रूपैयाँ रहेकोमा यो वर्षको आठ महिनामै साढे ११ खर्ब बढी पुगेको हो।

आठ महिनाको अवधिमा १३ खर्ब ८ अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भएको छ। पोहोरको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३८.६८ प्रतिशतले आयात बढेको छ। अघिल्ला महिनाहरूको तुलनामा आयात वृद्धिदरमा केही कमी आए पनि समग्रमा घाटा त्यति कम आएको थिएन ।

माघसम्म आयात ४२.७८ प्रतिशत थियो । पोहोर सोही अवधिमा ९ खर्ब ४३ अर्ब ९८ करोड रूपैयाँको वस्तु आयात भएको थियो। चालु आवको फागुनसम्म कुल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब रूपैयाँ पुगेको छ। यो पोहोरभन्दा ४२.१३ प्रतिशतले बढी हो । – आजको नागरिक दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!