संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

बुटवल । बुटवलमा सवारी चालक अनुमतिपत्रको परीक्षामा चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका–७ का २२ वर्षीय उद्दयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्जका १९ वर्षीय सन्दिप कुर्मी र महिप बर्मा छन् ।

Advertisement

पक्राउ परेका ४ जनालाई सार्वजनिक कसुर अन्तर्गत अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!