संगालोखबर सम्बाददाता

 

सांकेतिक तस्वीर

बझाङ । बझाङमा बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

आइतबार साँझ घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरीका आधारमा उनका दाजुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाले घटनाबारे बताएपछि उनकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षण गरिएको र उनलाई सुरक्षित घरमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!