संगालोखबर सम्बाददाता

रामेछाप । रामेछापको गोकुलगंगा–३ मा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । गोकुलगंगा गाउँपालिका र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो ।

Advertisement

पालिका अस्पताल रस्नालुमा सञ्चालित शिविरमा पहिलो दिन ९६५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा २११ जनाको रक्त परीक्षण, १९७ जनाको भिडियो एक्सरे र १५३ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ५५ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४७ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ । शिविर मंगलबार पनि जारी रहने छ ।

केएमसीले शुक्रबार भक्तपुरको दधिकोटमा स्वास्थ्य शिविर सञ्चालन गरेर ९६५ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । डा. सुनिल शर्माको प्रवेशसँगै केएमसीले गतबर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!