धनकुटा महोत्सवमा उर्लिएको भीडमा ठेलमठेल हुँदा किचिएर ३० जना घाइते (नामावलीसहित)
धनकुटा । धनकुटा महोत्सवस्थल टुँडिखेलको गेटमा शनिवार राती उर्लिएको भीडमा ठेलमठेल हुँदा किचिएर ३० जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । गायक प्रमोद खरेलको प्रस्तुती हेर्न राती करिब ८ बजे महोत्सवस्थल प्रवेश गर्ने क्रममा भीडमा ठेलमठेल भएको हो ।
महोत्सवस्थलको पश्चिमतर्फको गेटमा घटना भएको हो । सांस्कृतिक कार्यक्रमका लागि गायक खरेल स्टेजमा आउन लागेका थिए । गायक खरेलको प्रस्तुती ...




























