पत्रकार महासंघ धनकुटा शाखाको ताला खुलाउन माग
धनकुटा । नेपाल पत्रकार महासंघको धनकुटा शाखामा दुई सातादेखि तालाबन्दी जारी रहँदा शाखाको काम प्रभावित भएको भन्दै पत्रकारका अन्य चारवटा संस्थाले ध्यानाकर्षण भएको जनाएका छन् ।
महासंघको केन्द्रिय समितिले सदस्यता शुद्धीकरणको आधिकारिक नामावली सार्वजनिक नै नगरेको अवस्थामा नेपाल प्रेस युनियन धनकुटा शाखा र केही व्यक्तिहरुले नामावलीको विषयलाई लिएर बेग्लाबेग्लै ताला लगाएर शाखाको काम कारबाही प्रभावित गरेकोप...





























