संगालोखबर
सांकेतिक तस्वीर

भोजपुर । बालिका बलात्कारमा संलग्न रहेको आरोपमा भोजपुरको हतुवागढीबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ का २५ वषीृय रिठ्ठे भनिने विशाल मगर छन् ।

मगरले स्थानीय १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीको छ । बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ गते साँझ बलात्कार गरेको र गर्भ समेत रहेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement

आरोपी मगरलाई हिरासतमा राख्न अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!