संगालोखबर

विराटनगर । अमेरिकाको ओहायोमा जीवन विज्ञान संस्थाका अगुवा गुरुहरुले योग प्रशिक्षण दिएका छन् । ‘चक्र विज्ञान’ मा आधारित योग प्रशिक्षण दिइएको हो । प्रशिक्षण एक सातासम्म चलेको थियो । एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको अनुभव सुनाए । उनले योग र ध्यानको ज्ञानसँगै प्रयोग र अभ्यासले आफूमा परिवर्तन भएको महसुस गरेको बताए ।

Advertisement

डा. रुद्र भट्टले जीवनमा कही पनि नपाएको ज्ञान र साधनाको विधि पाएको बताउँदै यसले जीवनमा शान्ति मिलेको अनुभव सुनाएका थिए । यस्तै अर्का सहभागी ध्रुवराज गिरीले कार्यक्रमले आफूमा आत्मबल, आध्यात्मिक शक्ति र जीवन प्रतिको उत्प्रेरणा जगाएको बताए । कार्यक्रममा सात दिनसम्म जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एलपी भानु शर्माले हरेक मानिसभित्र रहेको चक्ररुपी ऊर्जा सक्रिय र सन्तुलित बनाउन ध्यानका वैज्ञानिक, व्यावहारिक र प्रयोगात्मक कक्षाहरू सञ्चालन गरेका थिए ।

विश्व हिन्दु भुटानी संगठनको आयोजनामा ओहायोस्थित ओम सेन्टरमा जुन २३ देखि २९ सम्म चलेको चक्र विज्ञान सप्ताहमा अमेरिकाका विभिन्न राज्यबाट चार सयभन्दा बढी व्यक्तिको सहभागिता थियो । कार्यक्रम समापनमा अवसरमा जीवन विज्ञान अमेरिकाका अध्यक्ष सुशील शर्मा, जीवन विज्ञान परिषद् अमेरिका सह–संयोजक रचना सुवेदी, डा. लक्ष्मीनारायण ढकाल, विश्व हिन्दु भुटानी संगठनका अध्यक्ष कमल धिमाल सहितका पदाधिकारीलगायतको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!