उदयपुरको लिम्चुङबुङमा मदिरा, चिसो पेय र सूर्तीजन्य वस्तुमा प्रतिबन्ध

उदयपुरको लिम्चुङबुङमा मदिरा, चिसो पेय र सूर्तीजन्य वस्तुमा प्रतिबन्ध

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सिसाको बोतलमा आउने बियरलगायत मदिरा, कोकाकोला र फेन्टा जस्ता चिसो पेयका साथै चुरोट, खैनी र गुट्का बिक्रीमा प्रतिबन्ध लगाएको छ । गाउँपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै त्यस्ता वस्तु आयात र बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको हो । गाउँपालिकाका अध्यक्ष मेजर राईको अध्यक्षतामा असार १८ गते कसेको कार्यपालिकाको १८औं बियर, रक्सी, सबै खालका चियो पेय, खैनी, ...
‘जलसमाधि लिँदैछु, अलबिदा’ लेखेर सुनसरीको इटहरीका सहप्राध्यापक सम्पर्कविहीन

‘जलसमाधि लिँदैछु, अलबिदा’ लेखेर सुनसरीको इटहरीका सहप्राध्यापक सम्पर्कविहीन

सुनसरी । सुनसरीको इटहरी निवासी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. रामजी तिम्सिना तीन दिनदेखि सम्पर्कविहीन बनेका छन् । आफूले ‘जलसमाधि’ लिन लागेको भन्ने लेखेर उनी बुधबार बिहानदेखि बेपत्ता भएका हुन् । परिवारले उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन दिइएको उनका आफन्तले बताएका छन् । घरबाट हिंड्नुअघि उनले कागजको सानो टुक्रामा ‘म वराहक्षेत्रमा जलसमाधि लि...
२०८१ असार २१ गते शुक्रबार/आजको राशिफल

२०८१ असार २१ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ असार २१ गते शुक्रबार ई.सं.२०२४ जुलाई ०५ नेपाल सम्वत् ११४४ तछलागा आमै, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण औंसी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, वृद्धि योग, चतुष्पद करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१३ बजे, सूर्यास्त साँझ ७ः३ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशा...
तेह्रथुमको सोल्मामा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

तेह्रथुमको सोल्मामा खुकुरी प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्मामा एक युवकले आफ्नी आमाको हत्या गरेका छन् । आज अपरान्ह स्थानीय २३ वर्षीय दिपक नेपालीले खुकुरी प्रहार गरी आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको हत्या गरेका हुन् । प्रहरीका अनुसार सामान्य घरायसी विवादका क्रममा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्नेनका अनुसार तीलमायाको घटनास्थ...
‘रिजालको ग्यास’ का चालक कारागारमा, उद्योगले बेवास्ता गरेको परिवारको गुनासो

‘रिजालको ग्यास’ का चालक कारागारमा, उद्योगले बेवास्ता गरेको परिवारको गुनासो

विराटनगर । गाडी चलाएर परिवार चलाइरहेका पति सवारी ज्यान तथा अंगभंग कसुरमा कारागार परेपछि दैनिक गुजारामा समस्या भएको पत्नी तारा वाइवाले बताएकी छन् । आज पत्रकार सम्मेलन गरी उनले दुई छोरी र आफू समस्यामा परेको बताएकी हुन् । विराटनगर–१५ का प्रेम वाइवा रिजालको ग्यास उद्योगमा ट्रक चालकको काम गर्थे । सदाझैँ २०७७ फागुन १९ गते बिहान ग्यास लोड गरिएको ट्रक लिएर उनी झापाको काँकडभिट्टातर्फ लागेका थिए । सुरुङ्...
धनकुटामा ६ महिनायता मानवअधिकार उल्लंघनका ५६ घटना

धनकुटामा ६ महिनायता मानवअधिकार उल्लंघनका ५६ घटना

धनकुटा । धनकुटामा गत ६ महिनाको अवधिमा मानवअधिकार उल्लंघनका ५६ वटा घटनाहरु भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाद्वारा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा यो तथ्यांक प्रस्तुत गरिएको हो । जनवरीदेखि जुन महिनासम्म भएका मानवअधिकारसँग सम्बन्धित विभिन्न घटनाहरु प्रस्तुत गरिएको थियो । त्यसअनुसार एकजनाको हत्या, दुईजनाको हत्या प्रयास, तीन महिला र पाँचजना बालबालिका बलात्...
पोखरीमा डुबेर धनुषामा ३ बालिकाको मृत्यु

पोखरीमा डुबेर धनुषामा ३ बालिकाको मृत्यु

जनकपुरधाम । नुहाउने क्रममा धनुषामा पोखरीमा डुबेर तीनजना बालिकाको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर आज १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन छन् । पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटो...
उद्योग संगठन मोरङले सुरु गर्यो गुणस्तर मापदण्ड प्रणाली ‘क्यूसेफ’

उद्योग संगठन मोरङले सुरु गर्यो गुणस्तर मापदण्ड प्रणाली ‘क्यूसेफ’

विराटनगर । उद्योग संगठन मोरङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यमान गुणस्तर प्रमाणीकरण मापदण्डहरुका आधारमा स्थानीय उद्योग व्यवसाय सुहाउँदो ‘क्यूसेफ’ गुणस्तर प्रणाली सुरु गरेको छ । गत साता सम्पन्न उद्योग संगठनको ५१औं वार्षिक साधारण सभा उद्घाटन अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले क्युसेफको लोगो अनावरण गरेका थिए । क्युसेफलाई स्वतन्त्र मानक प्रमाणीकरणको रुपमा स्थापित ग...
बिहे गर्ने भन्दै जबरजस्ती करणी गरेको आरोपमा झापामा एकजना पक्राउ

बिहे गर्ने भन्दै जबरजस्ती करणी गरेको आरोपमा झापामा एकजना पक्राउ

  झापा । झापाको बाह्रदशीमा एकजना महिलालाई विवाह गर्ने प्रलोभन देखाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक २३ वर्षीया महिलालाई विवाह गर्ने भनेर आश्वासन दिंदै बाह्रदशी गाउँपालिका–१ का अन्सार मियाँले जबरजस्ती करणी गरेको उजुरी आएको थियो । सोही आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ल...
रास्वपाले तत्काल सरकार नछाड्ने

रास्वपाले तत्काल सरकार नछाड्ने

विराटनगर । राजीनामा दिन भनेर प्रधानमन्त्रीलाई भेट्न पुगेका सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू राजीनामा नदिइ फर्किएका छन् । उनीहरु आज बिहान काठमाडौंको बालुवाटारस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका थिए । राजीनामा दिन गएको जनाए पनि प्रधानमन्त्रीसँग छलफलपछि नदिएको पार्टीका नेताहरुले बताएका छन् । सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान...
कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले ल्याएको अध्यादेश खारेज गर्न सिफारिस

कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले ल्याएको अध्यादेश खारेज गर्न सिफारिस

विराटनगर । कोशी प्रदेश सरकारले निवर्तमान मुख्यमन्त्री केदार कार्कीले ल्याएको केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० लाई खारेज गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी, बैठकले गाउँमा रहेका पुराना काठका घरहरू सहर बजारमा स्थानान्तरणका लागि ६ महिना खुला गर्ने निर्णयसमेत गरेको छ । यसअघि गाउँका घरका काठ स्थानान्त...
बाढीको पूर्वसूचना दिन झापाका जोखिमयुक्त तीन स्थानमा साइरन

बाढीको पूर्वसूचना दिन झापाका जोखिमयुक्त तीन स्थानमा साइरन

झापा । झापाका विभिन्न तीन स्थानमा बाढीको पूर्वसूचना दिने साइरन जडानको काम सुरु गरिएको छ । बाह्रदशी–१ को भागुडुब्बामा साइरन जडान कार्य सकिएको छ । उक्त साइरनले बाह्रदशीका दक्षिणी क्षेत्र, कचनकवलगायत क्षेत्रमा बाढीको पूर्वसूचना गराउने जनाइएको छ । यसैगरी झापा गाउँपालिका तथा गौरीगञ्जको कुन्जीबारीमा साइरन जडानको काम भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले साइरन ज...
विराटनगरमा पत्रकारमाझ गगनले भने, ‘इच्छाविपरीत सरकारमा जानुपर्ने अवस्था बन्यो’

विराटनगरमा पत्रकारमाझ गगनले भने, ‘इच्छाविपरीत सरकारमा जानुपर्ने अवस्था बन्यो’

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छाविपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । इच्छा नभए पनि सरकार निर्माणको कुरा कोही व्यक्ति वा एक दलका कारण मात्र नहुने उल्लेख गरे । वर्तमान आवश्यकता र विकसित परिस्थितिका कारण पार्टी सरकारमा सहभागी हुनुपर्ने बाध्यता आएको थापाल...
एकै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाउने

एकै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाउने

विराटनगर । एकै व्यक्ति एकै समयमा दुई वा सोभन्दा बढी सहकारी संस्थामा सञ्चालक हुन नपाइने भएको छ । त्यस्तो अवस्था भए एक महिनाभित्र छोड्नुपर्ने सहकारी विभागले जनाएको छ । विभागले हिजो परिपत्र जारी गर्दै दुई वा बढी संस्थामा भए छाड्न निर्देशन दिएको हो । एउटै व्यक्ति एकै समयमा दुई वा सोभन्दा बढी संस्थामा सञ्चालक बन्न नपाउने व्यवस्था सहकारी ऐन २०७४ को दफा ४१ मा उल्लेख भए पनि कार्यान्वयन भएको थिएन । अब ...
रक्सी सेवनबाट वर्षमा २६ लाख मानिसको मृत्युः डब्लुएचओ

रक्सी सेवनबाट वर्षमा २६ लाख मानिसको मृत्युः डब्लुएचओ

विराटनगर । रक्सी सेवनका कारण वर्सेनि विश्वका लाखौं मानिसको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार करेक वर्ष विश्वभर रक्सी सेवनका कारण २६ लाख मानिसको मृत्यु हुने गरेको छ । संगठनको एउटा ताजा प्रतिवेदनअनुसार उक्त संख्या विश्वभर हुने कूल मृत्युको ४ दशमलव ७ प्रतिशत हो । यसैगरी, लागुऔषधका कारण हरेक वर्ष ६ लाख जनाले ज्यान गुमाइरहेका छन् । यसमा पुरुषको संख्या ४ लाख छ । ...
कोशीका कतिपय क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीका कतिपय क्षेत्रमा भारी वर्षाको सम्भावना

विराटनगर । मनसुनी वायुको प्रभावले कोशी प्रदेशका केही क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो पनि कोशीका कतिपय स्थानमा वर्षा हुने अनुमान गरिएको छ । कतिपय क्षेत्रमा हल्का अनि कतैकतै भारी वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । यसैगरी, आज राति देशभर साधरणतयादेखि पूर्णतया बदली रहने...
२०८१ असार २० गते बिहीबार/आजको राशिफल 

२०८१ असार २० गते बिहीबार/आजको राशिफल 

बि.सं.२०८१ असार २० गते बिहीबार ई.सं.२०२४ जुलाई ०४ नेपाल सम्वत् ११४४ तछलागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण त्रयोदशी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, गण्ड योग, बणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१२ बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको या...
अनलाइन ठगीमा संलग्न ५ जनाको समूह विराटनगरमा पक्राउ

अनलाइन ठगीमा संलग्न ५ जनाको समूह विराटनगरमा पक्राउ

विराटनगर । अनलाइन ठगीमा संलग्न समूहका ५ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । उनीहरुले अनलाइनको माध्यमबाट ठगी गर्ने साथै सट्टेबाजी समेत गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा सप्तरीका २२ वर्षीय शिवशंकर यादव, २० वर्षीय दीपक मण्डल, मोरङको जहदाका २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर–१६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबह...
सरकारमा सहभागी एमालेका ८ जना मन्त्रीले बुझाए राजीनामा

सरकारमा सहभागी एमालेका ८ जना मन्त्रीले बुझाए राजीनामा

विराटनगर । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा सं...
सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

विराटनगर । नेकपा एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमाले नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न आग्रह गर्दै एमालेबाट सहभागी मन्त्रीहरूको सामूहिक...
घाँटीमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु

घाँटीमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु

दाङ । दाङको तुलसीपुरमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका तीन वर्षीय राजेन्द्र घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार चना खाने क्रममा घाँटीमा अड्किएर उनको मृत्यु भएको हो। प्रहरीका अनुसार विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा घाँटीमा अड्किएर निसास्सिएका थिए । उनलाई...
विराटनगरमा डेंगु फैलन नदिन ‘लार्भा खोज र नष्ट’ अभियान सुरू

विराटनगरमा डेंगु फैलन नदिन ‘लार्भा खोज र नष्ट’ अभियान सुरू

विराटनगर । विराटनगरमा डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियान थालिएको छ । यसका लागि महानगरका १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्न थालिएको छ । लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ । यसैगरी, लार्भा खोजी र नष्ट गर्ने काम पनि सुरु गरिएको छ । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकासहित सरोकारवालाहरुको सहभागिता छ । ...
सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन आग्रह

सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन आग्रह

सुनसरी । केही दिनयताको निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्ने घट्ने भइरहेको छ । नदीमा पानीको बहाव बढ्ने क्रमसँगै तटीय क्षेत्रमा सतर्कता अपनाउन सुनसरी प्रशासनले आग्रह गरेको छ । सीमावर्ती मधेश प्रदेशको जिल्ला सप्तरीतर्फ पनि सतर्कता अपनाउन भनिएको छ । कोशीको बाढीबाट हुने सम्भावित क्षति कम गर्न दुवै जिल्लाका प्रशासन कार्यालय, प्रहरीलगायत निकाय सतर्क अवस्थामा बसेको जनाइएको छ । यसैक्रम...
सोलुखुम्बुमा खोलाले बगाएर शिक्षकको मृत्यु

सोलुखुम्बुमा खोलाले बगाएर शिक्षकको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा खोलाले बगाएर एकजना शिक्षकको मृत्यु भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १ स्थित पैया खोला तर्ने क्रममा बगेर मंगलबार अपराह्न ती शिक्षकको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा खुम्बु पासाङल्हामु–५ स्थित हिमालय आधारभूत विद्यालय नाम्चे बजारमा कार्यरत् शिक्षक माप्यदुधकोशी–२ का ३६ वर्षीय राजु राई छन् । खोला तर्ने क्रममा शिक्षक बगेको ...
धनकुटामा रडले टाउकोमा लाग्दा एकजनाको मृत्यु

धनकुटामा रडले टाउकोमा लाग्दा एकजनाको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ मा फलामे रडले टाउकोमा लागेर एकजना मजदुरको मृत्यु भएको छ । उक्त वडास्थित रघुवा खोलाको निर्माणाधीन पुलमा काम गर्ने क्रममा रडले टाउकोमा लागेर मजदुरको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा पाँचथरको तुम्बेवा गाउँपालिका–२ का ४० वर्षीय मदन मगर छन् । मंगलबार अपराह्न पुलमा काम गर्ने क्रममा अचानक पुलबाट रड खसेर उनको टाउकोमा लागेको थियो । गम्भीर घाइते अवस...
फेरिएको राजनीतिक समीकरणपछि के हुन्छ कोशी सरकार ?

फेरिएको राजनीतिक समीकरणपछि के हुन्छ कोशी सरकार ?

विराटनगर । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि प्रदेशसम्म त्यसको प्रभाव पर्ने भएको छ । सात प्रदेशमध्ये मधेश सरकारको बाहेक नेतृत्व बाँडफाँड गर्ने मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले गरेका छन् । यसको असर कोशी प्रदेशमा पनि पर्ने देखिएको छ । दुईबीचको सहमतिअनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेकै हुने भनिएको छ । तर सरकारमा सहभागी हुने दलहरु भने फेरिने छन् । अहिले कोशी प्रदेश सरकारमा एमालेक...
बलात्कारविरुद्ध खोटाङमा बालबालिकाद्वारा प्रदर्शन

बलात्कारविरुद्ध खोटाङमा बालबालिकाद्वारा प्रदर्शन

खोटाङ । बलात्कारको विरोधमा खोटाङ सदरमुकामका बालबालिका विरोध प्रदर्शनमा उत्रिएका छन् । छात्रामाथि भएको बलात्कारको विरोधमा दिक्तेल बजारमा उनीहरुले प्रदर्शन गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माध्यमिक विद्यालयकी १३ वषीया छात्रालाई उक्त विद्यालयकै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेले बलात्कार गरेको आरोप लागेको छ । प्रहरीले आरोपितलाई पक्राउ गरेको छ । बलात्कार घटनाको विरोध...
२०८१ असार १९ गते बुधबार/आजको राशिफल

२०८१ असार १९ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ असार १९ गते बुधबार ई.सं.२०२४ जुलाई ०३ नेपाल सम्वत् ११४४ तछलागा द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण द्धादशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, शूल योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१२ बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनियाँ मुखमा राखेर जुनसुकै दिशा...
फेरि पनि गल्ती गर्ने छुट दलहरूलाई छैन

फेरि पनि गल्ती गर्ने छुट दलहरूलाई छैन

संघीय संसद्का पहिलो र दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेपछि राष्ट्रिय राजनीतिको विद्यमान चित्र फरक बनेको छ । पटक पटकको छलफलपछि यी दुई दल राष्ट्रिय सहमतिको सरकार गठन गर्ने कुरामा सहमत भएका छन् । मुख्य दलबीच संविधान संशोधन गर्नेलगायतका विषयमा सहमति भएपछि राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको हो । कांग्रेस र एमालेको निष्कर्ष छ– राजनीतिक अस्थिरता अन्त्य गर्न संविधान संशोधन गर्न...
प्रदेशस्तरीय कबड्डीः सुनसरी शीर्ष स्थानमा

प्रदेशस्तरीय कबड्डीः सुनसरी शीर्ष स्थानमा

विराटनगर । विराटनगरमा जारी प्रदेशस्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा पुगेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिन ३ खेल खेल्दै ६ अंकका साथ सुनसरी शीर्ष स्थानमा रहन सफल भएको हो । ताप्लेजुङ र पाँचथर समान अंक ४–४ का साथ दोस्रो स्थानमा छन् । उनीहरुले २–२ खेल खेल्दै जित निकालेका थिए । सोलुखुम्बुले १ खेलमा जित १ खेल बराबरी र १ खेल ...
‘बीमालाई प्रभावकारी बनाउन सबैले प्रभावकारी भूमिका खेल्नुपर्छ’

‘बीमालाई प्रभावकारी बनाउन सबैले प्रभावकारी भूमिका खेल्नुपर्छ’

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया गरेको छ । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री विभिन्न मन्त्रालयका सचिव र बीमा कम्पनीका प्रदेश प्रमुखहरूको उपस्थितिमा अन्तरक्रिया गरिएको हो । प्रदेश सरकारसँग विभिन्न अपेक्षा राख्दै अन्तरक्रिया गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरण कोशी प्रदेशका प्रमुख विनोदकुमार पोखरेलले बीमाको विकासमा प्रदेश...
error: Content is protected !!