संगालोखबर

विराटनगर । राजीनामा दिन भनेर प्रधानमन्त्रीलाई भेट्न पुगेका सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू राजीनामा नदिइ फर्किएका छन् । उनीहरु आज बिहान काठमाडौंको बालुवाटारस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका थिए । राजीनामा दिन गएको जनाए पनि प्रधानमन्त्रीसँग छलफलपछि नदिएको पार्टीका नेताहरुले बताएका छन् ।

Advertisement

सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

प्रधानमन्त्री दाहालले अहिले राजीनामा नदिन आग्रह गर्दै आफूले संसदबाट विश्वासको मत लिने र त्यसमा सहयोग गर्न भनेपछि तत्काल राजीनामा नदिएको रास्वपाका नेताहरुले उल्लेख गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सञ्चालनमा सहमति बनेपछि रास्वपाले सरकार छाड्ने निर्णय गरेको थियो । नयाँ गठबन्धन सरकारमा सहभागी नहुने निर्णय पनि उक्त पार्टीले गरिसकेको छ । सरकारमा सहभागी अर्काे दल एमालेले यसअघि हिजै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाइसकेको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको एमालेका ८ मन्त्रीले राजीनामा बुझाएका थिए ।

एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरण बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । संसदका प्रमुख दुई दलका शीर्ष नेता एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वमा नयाँ सरकार बनाउने गरी सहमति पत्रमा हस्ताक्षर भएसँगै अहिलेको सरकार संकटमा परेको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८ सिट छ भने एमालेको ७९ सिट छ । दुई तिहाई बहुमतको सरकार निर्माण गर्ने कसरतमा यी दुई पार्टी लागेका छन् ।

सरकारमा सहभागी एमालेका ८ जना मन्त्रीले बुझाए राजीनामा

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!