संगालोखबर

विराटनगर । अनलाइन ठगीमा संलग्न समूहका ५ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । उनीहरुले अनलाइनको माध्यमबाट ठगी गर्ने साथै सट्टेबाजी समेत गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

Advertisement

पक्राउ पर्नेमा सप्तरीका २२ वर्षीय शिवशंकर यादव, २० वर्षीय दीपक मण्डल, मोरङको जहदाका २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर–१६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगरमा कोठा भाडामा लिएर बसेका उनीहरुले अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने गरेको पाइएको छ ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकका एटीएम कार्ड, चेकबुक, नेपाली तथा भारतीय सिमकार्ड, भारतीय आधार कार्ड तथा नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!