संगालोखबर

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छाविपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

इच्छा नभए पनि सरकार निर्माणको कुरा कोही व्यक्ति वा एक दलका कारण मात्र नहुने उल्लेख गरे । वर्तमान आवश्यकता र विकसित परिस्थितिका कारण पार्टी सरकारमा सहभागी हुनुपर्ने बाध्यता आएको थापाले बताए ।

पछिल्लो राजनीतिक अवस्था प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अस्थीरताका कारण निम्तिएको उनको भनाइ थियो । प्रधानमन्त्री दाहाल अस्थीर चरित्रको भएको उनले टिप्पणी गरे ।

अल्पमतमा परिसकेको अवस्थामा प्रधानमन्त्रीले नयाँ सरकार बनाउन मार्ग प्रशस्त गरिदिनुपर्ने महामन्त्री थापाले बताए । नयाँ सरकार गठनको प्रक्रिया सुरु भएपछि नेपाली कांग्रेसबाट सरकारमा कसले प्रतिनिधित्व गर्छ भन्नेबारे निर्णय हुने बताउँदै उनले सरकारमा सहभागी हुनुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा भने, ‘म महामन्त्री छँदैछु नि ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!