धनकुटा नगरका कर्मचारीद्वारा वृक्षरोपण

धनकुटा नगरका कर्मचारीद्वारा वृक्षरोपण

धनकुटा । धनकुटा नगरपालिकाका कर्मचारीहरूले वृक्षरोपण गरेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर नगरका कर्मचारीहरूले आज बिहान कार्यालय आसपास क्षेत्रमा वृक्षरोपण गरेका हुन् ।  नगर परिसरमा सरसफाइ गरेर आसपास क्षेत्रमा वृक्षरोपण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए । कर्मचारीहरूले सिरिस र फूल प्रजातिका करिब एक सय वटा बिरुवा रोपेका छन् । नगर आसपास क्षेत्रको सौन्दर्यताक...
धनकुटाको पाख्रीबासकी मिर्गौला पीडितद्वारा सहयोगको अपिल

धनकुटाको पाख्रीबासकी मिर्गौला पीडितद्वारा सहयोगको अपिल

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–४ की अनिशा कार्कीले आफ्नो उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेकी छन् । दुवै मिर्गौला ‘फेल’ भएपछि उपचारमा समस्या भएका कारण उनले सहयोगको अपिल गरेकी हुन् । स्थानीय कुलबहादुर कार्की र कमला बरुवालकी छोरी २५ वर्षीया अनिशाको दुबै मिर्गौलामा खराबी आएपछि हाल पाटन हस्पिटलमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको उनले बताएकी छन् । कार्की करि...
झापाका ६ वटा पालिका बाढीको उच्च जोखिममा

झापाका ६ वटा पालिका बाढीको उच्च जोखिममा

झापा । यो मनसुन अवधिमा सबैभन्दा बढी असर कोशी प्रदेशमा पर्ने अनुमान गरिएको छ । कोशी प्रदेशको पनि झापा जिल्लामा यसको प्रभाव धेरै पर्ने अनुमान छ । झापाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपतकालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्याङ्क सङ्कलन गर्ने र विपद्...
२०८१ जेठ २३ गते बुधबार/आजको राशिफल

२०८१ जेठ २३ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ जेठ २३ गते बुधबार ई.सं.२०२४ जून ०५ नेपाल सम्वत् ११४४ बछलागा चतुर्दशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण चतुर्दशी, चन्द्रमा वृष राशिमा कृत्तिका नक्षत्र, सुकर्मा योग, भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०७ बजे, सूर्यास्त साँझ ०६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै म महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धनियाँ मुखमा राखेर जुनसुक...
टी–२० विश्वकप: नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

टी–२० विश्वकप: नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

विराटनगर । अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा आफ्नाे पहिलाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १ सय ७ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले नट आउट ५४ रन बनाए । नेपालका साेमपाल कामी, दीपेन्द्रसिंह ऐरीले अबिनाश बाेहराले समान १ विकेट लिए । यसअघि अमेरिकाकाे डालासमा रहेकाे ग्राण्ड प्रेरी क्रि...
बर्जुको रामसीता माविमा आगलागी हुँदा ५० लाखको क्षति

बर्जुको रामसीता माविमा आगलागी हुँदा ५० लाखको क्षति

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमनगरस्थित रामसीता माध्यमिक विद्यालयको कम्प्युटर ल्याबमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट ल्याबमा भएका सम्पूर्ण उपकरणमा क्षति पुगेको छ । २०७४ सालबाट प्राविधिक धारमा पढाइ सुरु गरेको उक्त विद्यालयमा २०७६ सालमा कम्प्युटर ल्याब स्थापना भएको थियो । सोमबार राति एक्कासी ल्यावमा आगलागी हुँदा करिब ५० लाखको क्षति भएको विद्यालयले जनाएको छ । ...
धनकुटामा महिला फुटबलः कनकाई नगर सेमिफाइनलमा

धनकुटामा महिला फुटबलः कनकाई नगर सेमिफाइनलमा

धनकुटा । झापाको कनकाई नगरपालिका धनकुटामा जारी सहिद रामकृष्ण श्रेष्ठ चौथो संस्करण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा धनकुटाको साँगुरीगढी गाउँपालिकालाई ० का विरुद्ध ६ गोलले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ३ मिनेटमा कनकाईकी प्रतीक्षा राईले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । ८ मिनेटमा कनकाईकै जेनिफोर रानामगरले गोल गरिन् भने टिम...
छिचोलियो अरुण-३ जलविद्युत परियोजनाको सुरुङ

छिचोलियो अरुण-३ जलविद्युत परियोजनाको सुरुङ

संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहालले अरुण–३ जलविद्युत परियोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेका छन् । अन्तिम विन्दुमा ‘ब्रेक थ्रु’ गरिएसँगै ११.८३ किलोमिटर लम्बाइको सुरुङ छिचोलिएको छ । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङको अन्तिम भागमा विष्फोट गराइ ‘ब्रेक थ्रु’ गरिएको हो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले ऊर्जा क्षेत्रको व...
बिजुली खम्बामा साइकल ठोक्किएर मोरङको बेलबारीमा वृद्धको मृत्यु

बिजुली खम्बामा साइकल ठोक्किएर मोरङको बेलबारीमा वृद्धको मृत्यु

विराटनगर । बिजुलीको खम्बामा ठोक्किएर भएको दुर्घटनामा मोरङको बेलबारीमा एकजना साइकलयात्रीको मृत्यु भएको छ । बेलबारी नगरपालिका–५ मा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय टीकाराम पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट सोमबार साँझ हिँडेका उनी नफर्किएपछि खोजी गरिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार खोजीका क्रममा पुरी घरनजिकै मंगलबार बिहान मृत अवस्थामा फेला पर...
टिपरको ठक्करले उदयपुरमा दुईजनाको मृत्यु

टिपरको ठक्करले उदयपुरमा दुईजनाको मृत्यु

उदयपुर । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मंगलबार बिहान उदयपुरमा दुईजनाको मृत्यु भएको छ । टिपरको ठक्करले मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मदन भण्डारी लोकमार्ग हुँदै गाईघाटबाट बेलटार गइरहेको प्र १–०२– ००१ ख ८५१४ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको प्र–१–०२–९५२ प ३९५८ नम्बरको मोटरसाइकललाई फूलजोरमा ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी निरीक्षक विद्यालाल सा...
धरान र संखुवासभामा विष्फोटक पदार्थ, बन्दुकसहित ३ जना पक्राउ

धरान र संखुवासभामा विष्फोटक पदार्थ, बन्दुकसहित ३ जना पक्राउ

विराटनगर । संखुवासभा र सुनसरीबाट विष्फोटक पदार्थ र हतियारसहित तीनजना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–१७ सिंहदेवी सामुदायिक वनबाट भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई सोमबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय दरेश राई छन् । अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले उनलाई एउटा भरुवा बन्दुक, छर्रा र बारुदसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ...
धनकुटामा एक युवकमाथि खुकुरी प्रहार

धनकुटामा एक युवकमाथि खुकुरी प्रहार

धनकुटा । धनकुटा नगरपालिका–६ अमलेटारमा आज बिहान एक युवकमाथि खुकुरी प्रहार भएको छ । औद्योगिक ग्राम नजिक घर भएका १६ वर्षीय सुमन भुजेलमाथि बिहान करिब १०ः१५ बजे खुकुरी प्रहार भएको हो । धनकुटाकै एक युवाले उनीमाथि खुकुरी प्रहार गरेको बताइएको छ । उनको पहिचान खुल्न बाँकी छ । खुकुरी प्रहारबाट भुजेलको गर्धनमा गहिरो चोट लागेको छ । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालम...
झरनाबाट लडेर पाँचथरमा एकजनाको मृत्यु, २ जना घाइते

झरनाबाट लडेर पाँचथरमा एकजनाको मृत्यु, २ जना घाइते

पाँचथर । पाँचथरको फालेलुङस्थित मुवा झरनाबाट लडेर एकजना युवकको मृत्यु भएको छ । सँगै घुम्न गएका उनका दुईजना साथी घाइते भएका छन् । प्रहरीका अनुसार फालेलुङ गाउँपालिका–५ र ६ वडाको सिमानामा रहेको झरना क्षेत्र घुम्न गएका फिदिम नगरपालिका–२ का १८ वर्षीय एल्सन मगरको लडेर मृत्यु भएको हो । टाउको पछाडि गहिरो चोट लागेका उनको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि झापास्थित सुविधासम्पन्न अस्पताल लैजान रिफ...
मनसुनजन्य विपतबाट यो वर्ष सबैभन्दा बढी कोशी प्रदेश प्रभावित हुने

मनसुनजन्य विपतबाट यो वर्ष सबैभन्दा बढी कोशी प्रदेश प्रभावित हुने

विराटनगर । यो वर्षको मनुसन अवधिमा सबैभन्दा धेरै कोशी प्रदेश प्रभावित हुने अनुमान गरिएको छ । मनसुनजन्य विपतबाट सबैभन्दा बढी कोशी र सबैभन्दा कम कर्णाली प्रदेश प्रभावित हुने राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणले अनुमान गरेको हो । यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने भएको छ । मनसुन झन्डै चार महिना रहेर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ । मनसुन अवधिभर १८ लाख जनसंख्या प्रत्यक्ष प्रभा...
सरकारको आर्थिक नीतिमा सुधार गर्न पूर्वका उद्योगी-व्यवसायीको माग

सरकारको आर्थिक नीतिमा सुधार गर्न पूर्वका उद्योगी-व्यवसायीको माग

विराटनगर । उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्थाहरु मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले सरकारको आर्थिक नीतिमा गरिनुपर्ने सुधारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएका छन् । ती संस्थाका प्रतिनिधिले काठमाडौंमा सोमबार प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गरी सुधारका सुझावसहित ज्ञापनपत्र बुझाएका हुन् । टोलीमा संघका अध्यक्ष अनुपम राठी, ...
भेडेटारमा ‘स्काइ वाक’, धनकुटासहित पहाडी जिल्लामा सिँचाइ

भेडेटारमा ‘स्काइ वाक’, धनकुटासहित पहाडी जिल्लामा सिँचाइ

विराटनगर । कोशी प्रदेश सरकारले धनकुटाको भेडेटारमा ‘स्काइ वाक’ संरचना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ । कोशी प्रदेशकै अग्रणी पर्यटकीयस्थल मध्येको भेडेटारमा पर्यटकहरुलाई लक्षित गरी स्काइ वाक सञ्चालनमा ल्याइने भएको हो । कोशी प्रदेसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले उक्त जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्...
टी-२० विश्वकप क्रिकेट : नेपालले नेदरल्यान्डससँग आज खेल्दै

टी-२० विश्वकप क्रिकेट : नेपालले नेदरल्यान्डससँग आज खेल्दै

विराटनगर । अमेरिकामा जारी टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले मंगलबार राति नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे शुरु हुनेछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले बङ्ग्लादेशमा भएको टी –२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । यो विश्वकपमा नेपालका क...
टी-२० विश्वकप: दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो

टी-२० विश्वकप: दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो

विराटनगर । अमेरिकामा जारी टी–२० विश्वकप अन्तरगत समूह डीको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । ७८ रनको झिनो लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा उक्त लक्ष्य ४ विकेटको क्षतिमा पछ्याएको हो । दक्षिण अफ्रिकाका लागि क्वीनटन डी ककले सर्वाधिक २० रन बनाए । त्यस्तै, हेनरिक क्लासनले नटआउट रहँदै १९ रन बनाए । ट्रिस्टन स्टबसले १३ तथा कप्तान ऐडन मार्क्रमले १२ रन जोडे । टस जित...
२०८१ जेठ २२ गते मंगलबार/आजको राशिफल

२०८१ जेठ २२ गते मंगलबार/आजको राशिफल

बि.सं.२०८१ जेठ २२ गते मंगलबार ई.सं.२०२४ जून ०४ नेपाल सम्वत् ११४४ बछलागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण त्रयोदशी, चन्द्रमा मेष राशिमा भरणी नक्षत्र, शोभन योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०७ बजे, सूर्यास्त साँझ ०६ः५६ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै म महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा गुण खाएर जुनसुकै दिशाको यात्रा गरे...
सहिदभूमिका शिक्षकलाई शिक्षण सामग्री बनाउने तालिम

सहिदभूमिका शिक्षकलाई शिक्षण सामग्री बनाउने तालिम

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाका शिक्षकहरूलाई शिक्षण सामग्री बनाउने तालिम दिइएको छ । विराटनगरस्थित डाइनामिक सपोर्ट ट्रेनिङ इन्स्टिच्युटसँग सहकार्य गरेर सहिदभूमि गाउँपालिकाले शिक्षण सामग्री निर्माण कार्यशाला सञ्चालन गरेको हो । वाल विकासदेखि कक्षा ३ सम्म अध्यापनरत सहिदभूमि गाउँपालिकाका ४० विद्यालयका एक/एक जना शिक्षकहरू तालिममा सहभागि थिए । विद्यार्थीहरूलाई पढाउँने क्रममा उपयोगी शिक्षण सामग...
इलाम दुर्घटनाः बालक र महिलाको मृत्यु, ३ जनाले पौडिएर ज्यान जोगाए, चालक सम्पर्कविहीन

इलाम दुर्घटनाः बालक र महिलाको मृत्यु, ३ जनाले पौडिएर ज्यान जोगाए, चालक सम्पर्कविहीन

  इलाम । इलामको चुलाचुलीमा भएको दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । दमक–चिसापानी–रवि सडक खण्डअन्तर्गत चुलाचुलीमा रतुवा खोलाले बोलेरो गाडी बगाँउदा एकजना महिला र एक बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुका अनुसार दुर्घटनामा इलामको माङसेवुङ–५ की शर्मिला फागो र माङसेवुङ–३ की निरु लिम्बूका तीन वर्षीय छोरा नियन नेम्वाङको मृत्यु भएको हो ।...
महिला फुटबलः धनकुटा सेमिफाइनलमा प्रवेश

महिला फुटबलः धनकुटा सेमिफाइनलमा प्रवेश

धनकुटा । धनकुटामा जारी चौथो संस्करण सहिद रामकृष्ण श्रेष्ठ कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सोमबार भएको दोस्रो खेलमा विजयी हुँदै धनकुटा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । पाख्रीवास नगरपालिकालाई ० का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै धनकुटा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफको २५औँ मिनेटमा धनकुटाकी जर्सी नम्बर १२ की खेलाडी मनिता तामाङले १ गोल गरी खेल गरेकी ...
काठमाडौंबाट इटहरी आउँदै गरेको हायस उदयपुरमा दुर्घटना

काठमाडौंबाट इटहरी आउँदै गरेको हायस उदयपुरमा दुर्घटना

उदयपुर । काठमाडौंबाट सुनसरीको इटहरी आउँदै गरेको हायस उदयपुरमा दुर्घटना भएको छ । सोमबार अपराह्न त्रियुगा नगरपालिका–७ मा उक्त हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हायसमा चालक र सह–चालकसहित १६ जना यात्रु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये दुईजनालाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर र धरान पठाइएको प्रहरीले जनाएको छ । अरु साम...
इलामको रतुवा खोलामा गाडी बग्यो, दुईजनाको मृत्यु

इलामको रतुवा खोलामा गाडी बग्यो, दुईजनाको मृत्यु

इलाम । इलामको चुलाचुलीस्थित रतुवा खोलामा बोलेरो गाडी बग्दा त्यसमा यात्रारत् दुईजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–५ मा भएको दुर्घटनामा दुईजनाको शव भेटिएको प्रहरीले जनाएको छ । दक्षिणी इलामको लारूम्बाबाट झापाको दमक जाँदै गरेको बोलेरो गाडीलाई रतुवा खोलाले बगाएको हो । गाडीमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । एकजना महिला र एकजना बच्चाको शव फे...
कतारका नेपाली श्रमिक र परिवारलाई केएमसीमा सहुलियत उपचार

कतारका नेपाली श्रमिक र परिवारलाई केएमसीमा सहुलियत उपचार

विराटनगर । संघीय सांसद डा. सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवार सदस्यहरुका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) मा विशेष सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाएका छन् । कतारस्थित नेपाली राजदूतावासमा सोमबार भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार र नेपाली जनसम्पर्क समिति कतारबीच सहुलियत उपचारको सम्झौता भएको हो । त्यस क्रममा कतारका लागि...
भत्काइयो विराटनगरको ‘नमूना सडक’: सूचना बोर्डबिनै मर्मतको काम

भत्काइयो विराटनगरको ‘नमूना सडक’: सूचना बोर्डबिनै मर्मतको काम

विराटनगर । विराटनगरको तीनपैनी चोकदेखि पुष्पलालचोक सम्मको करिब तीन किलोमिटर सडकलाई पूर्वकै नमूना सडकका रूपमा लिइन्थ्यो । दुई लेन सडकखण्डको बीच भागमा दुबैतर्फ उज्यालो हुनेगरी सोलार बत्ती जडान गरिएको छ भने विभिन्न प्रजातिका विरुवाहरू पनि रोपिएको छ । कुनै समय सडक पनि चिटिक्क थियो । बिरुवाहरूको पनि राम्ररी हेरचाह हुन्थ्यो भने रातको समयमा सडक पनि उज्यालो हुन्थ्यो । तर यो अवस्था केही वर्षमात्रै सीमित ...
प्रदेश प्रमुखद्वारा कोशी सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत (पूर्णपाठसहित)

प्रदेश प्रमुखद्वारा कोशी सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा कोशी प्रदेश सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्ग आसपासको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख खापुङले मध्यपहाडी लोकमार्ग आसपासको विकासलाई प्राथमिकतामा राखेको बताए । उनले पर्य...
धनकुटामा महिला फुटबलः मोरङको मिक्लाजुङ सेमिफाइनलमा

धनकुटामा महिला फुटबलः मोरङको मिक्लाजुङ सेमिफाइनलमा

धनकुटा । मोरङको मिक्लाजुङ टिम धनकुटामा जारी चौथो संस्करणको सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगितामाको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो खेलमा सहिदभूमि गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ सेमिफाइनलमा पुगेको हो । खेलको निर्धारित समयमा दुवै टिमका खेलाडीले गोल गर्न सकेनन् । थप गरिएको २ मिनेटको समयमा मिक्लाजुङ मोरङकी जर्सी नम्बर ५ की खेलाडी सलिजा राईले १ गोल गरेक...
प्रहरी स्रोत-साधन सम्पन्न भए शान्ति सुरक्षा प्रभावकारीः मुख्यमन्त्री कार्की

प्रहरी स्रोत-साधन सम्पन्न भए शान्ति सुरक्षा प्रभावकारीः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरीलाई स्रोत र साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुने बताएका छन् । सोमबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण भ्रमणका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । त्यस क्रममा उनले कार्यालय तथा विभिन्न शाखाहरुको निरीक्षण गरेका थिए । प्रहरी जनशक्ति परिचालन, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको अवस्थाबारे गरिएको प...
संखुवासभामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत् आयोजनाको सुरूङ निर्माण पूरा हुँदै

संखुवासभामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत् आयोजनाको सुरूङ निर्माण पूरा हुँदै

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ निर्माण लगभग पूरा भएको छ । ११.८३ किलोमिटर लम्बाईको उक्त सुरुङ मंगलबार पूरै छिचोलिने भएको छ । सुरुङको अन्तिम भागमा विष्फोट गराइ ‘ब्रेक थ्रु’ गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भएका छन् । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट–२ मा प्रधानमन्त्री दाहालले ‘ब्रेक थ्रु’ गर्ने कार...
कोशी प्रदेशसभा बैठक आज, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

कोशी प्रदेशसभा बैठक आज, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

विराटनगर । कोशी प्रदेशसभामा सोमबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो । आज दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रदेश प्रमुख खापुङले सम्ब...
error: Content is protected !!