विराटनगर । आज सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६२ हजार छ सय रुपैयाँ कायम भएको छ ।
हिजो तोलामा एक हजार घटेर सुन तोलामा एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ ।
आज तोलामा ३० रुपैयाँ घटेर चाँदी एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।