संगालोखबर

विराटनगर । प्रथम नेपाल हव महिला टी-२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पाहुना टोली राजविराज विजयी भएको छ । आज विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमा राजविराजले घरेलु टोली विराटनगरलाई ८ विकेटले पराजित गरेको हो ।

Advertisement

३ खेलको सिरिजमा विराटनगरले २ र राजविराजले १ मा जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । 

विराटनगरका लागि रानु राजवंशीले २२ रन बनाइन् । यस्तै काजल राजवंशीले १० रनको योगदान दिइन् । राजविराजकी सुस्मिता  यादवले २ विकेट लिँदा अपेक्षा यादव, दिपा राम र साक्षी यादवले १/१ विकेट लिए । 

राजविराजले १७ दशमलव १ बलमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । राजविराजकी प्लेयर अफ म्याच साक्षी यादवले  ५४ बलमा १ छक्का र ६ चौका प्रहार गर्दै अविजित ५६ रन बनाइन् ।

यस्तै वन्दना यादवले अविजित ८ रनको योगदान दिइन् । विराटनगरकी सानु राजवंशीले १ विकेट लिइन् । प्रतियोगिताको उत्कृष्ट ब्याटर राजविराजकी साक्षी यादव घोषित हुँदा उत्कृष्ट बलर राजविराजकै अपेक्षा यादव भइन् ।

कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महमद सादबावु कुरैसीले विजयी तथा अन्य खेलाडीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरे । नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा प्रतियोगिता भएको थियो । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!