संगालोखबर


चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढका लागि छुटेको बाग्मती प्रदेश ०६-००१ ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनका लागि छुटेको बाग्मती प्रदेश ३-००१ ख २८१२ नम्बरको बस आज बिहान ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!