संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका-६ का २८ वर्षीय तेजेन्द्र लिम्बुको हत्या गरेको आरोपमा सोही स्थानका ३२ वर्षीय अर्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङ्लिङ-९ स्थित भीरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

Advertisement

फक्तालुङ गाउँपालिका-३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना गएको अवस्थामा अर्जुन र उनकी श्रीमती सरिता लिम्बुबीच आज बिहानको राती झगडा भएको प्रहरीले जनाएको छ ।

सोही क्रममा फुपुले सम्झाएर छिमेकी २८ वर्षीय तेजेन्द्र लिम्बुको साथमा उनीहरूलाई घर पठाएकी थिइन् । तर अर्जुनले घर फर्कने क्रममा तेजेन्द्रलाई खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट तेजेन्द्रको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!