संगालोखबर

काभ्रे । पुलका सामग्री चारी गरेको आरोपमा काभ्रेको रोशी गाउँपालिका ७ का वडाध्यक्ष अशोक गौतम पक्राउ परेका छन् । गत असोज १२ गते आएको बाढीले भत्काएको फलामको पुलका सामग्री चोरेर कवाडीमा बेचेको आरोपमा वडाध्यक्ष गौतमलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

Advertisement

बाढीले नमोबुद्ध नगरपालिका वडा नं. ६ र रोशी गाउँपालिका वडा नं. ७ जोड्ने फलामको पुल बगाएको थियो । सोही पुलमा बाँकी रहेका फलामका सामग्री अनधिकृत रूपमा कवाडीमा बिक्री गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा कबाड व्यवसायी मन्टु कुमारले दिएको बयानअनुसार वडाध्यक्ष गौतमले पुलका सामग्री बेचेको रकम मोबाइल बैंकिङमार्फत लिएका थिए ।

व्यवसायीको बयान र भुक्तानीको प्रमाणका आधारमा गौतमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गौतम, नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!