विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकामा ग्रिल पसल सञ्चालकले जिस्कने क्रममा बालकको लिङ्ग काटिदिएका छन् । पथरी-६ मा ग्रिल पसल सञ्चालन गर्दै आएका ४८ वर्षीय महीनारायण चौधरीले सोही स्थानका ७ वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् ।
प्रहरीका अनुसार बालकको लिङ्गको टुप्पोको केही भाग काटिएको छ । घटनापछि चौधरीले नै बालकलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा ल्याएका थिए ।
उनको नोबेलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहन विक्रम दाहालले संगालोखबरलाई जानकारी दिए । चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।