
धनकुटा । विश्व वातावरण दिवसको अवसरमा धनकुटाको पाख्रीबास नगरपालिका-४ स्थित सिमसार क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ गरिएको छ ।
आज वन डिभिजन कार्यालय धनकुटा र पाख्रीबास नगरपालिकाको संयुक्त आयोजनामा वृक्षारोपण तथा सरसफाइ गरिएको हो । सिमसार क्षेत्रमा विभिन्न प्रजातिका फलफूल तथा फूलका बिरुवा रोपिएको छ ।
सरसफाइसँगै गुराँस, दाँते ओखर, विरेन्द्र फूल, चाँप र गुलमोहर लगायतका बिरुवा रोपिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, पाख्रीबास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङ, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख शरदकुमार थापा क्षेत्री उपस्थित थिए ।

यस्तै वन तथा डिभिजन कार्यालय धनकुटाका प्रमुख संजितराज ढकाल, नेपाली सेनका भीमदल गण सल्लेरी ब्यारेक धनकुटाका सेनानी सन्दिप राई, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका डीएसपी मदन नाथ, राजनीतिकदलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

संगालोखबर 













