
विराटनगर । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा पूर्णरूपमा ठप्प भएको छ । मौसमका कारण नियमित उडान प्रभावित भइरहेका बेला हाल प्राविधिक समस्या र पूर्वाधार अभावका कारण उडान स्थगित भएको हो ।
विमानस्थल सञ्चालनमा रहेको नेपाल वायुसेवा निगमले केही सातादेखि उडान नगरेको पुष्टि गरेको छ । निगमका अनुसार विमानको नियमित मर्मत तथा मौसम प्रतिकूलताले गर्दा सुकेटारमा हाल उडान सञ्चालन हुन सकेको छैन ।
निजी क्षेत्रका विमान कम्पनीहरू पनि हाल स्थायी रूपमा सेवा नदिइरहेका छन् । नियमित उडान नहुँदा ताप्लेजुङवासी मर्कामा परेका छन् । लामो दूरीको सडकमार्ग विकल्प रहे पनि समय र जोखिमका कारण धेरैले हवाई सेवा रोज्दै आएका छन् ।

संगालोखबर 













